आज ९.५० अंकले बढ्यो सेयर बजार
वि.सं.२०८० पुस २५ बुधवार १५:२०
5.21K
shares
shares

काठमाडौँ, २५ पुस । आज बुधबार नेप्से परिसूचक ९.५० अंकले बढेर २०८९.६२ को विन्दुमा बजार बन्द भएको हो ।
कारोबारमा आएको ११८ कम्पनीको सेयर मूल्य बढेको छ । ११८ कम्पनीको सेयर मूल्य घटेको छ भने, ११ कम्पनीको सेयर मूल्य स्थिर छ ।
नेप्सेका अनुसार आज ६ कम्पनीको सेयर सकारात्मक सर्किट लागेको छ । यसदिन मनकामना स्माट लघुवित्त र हिमालयन रि इन्स्योरेन्सको १० प्रतिशतले बढेको छ भने अन्य ४ कम्पनीको ९ प्रतिशत भन्दा बढीले बढेको छ । कारोबारमा आएको छिमेक लघुवित्त वित्तियको मूल्य सबैभन्दा बढी ५.९५ प्रतिशतले घटेको छ ।



















