‘टाटा मोटर्स फन कार्निभल ३.०’ आयोजना हुँदै
वि.सं.२०८० पुस २६ बिहीवार १७:५३
shares

काठमाडौँ, २६ पुस । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टाटा मोटर्स फन कार्निभल ३.०’ कार्यक्रमको आयोजना गर्न लागेको छ।
यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरू साट्न सकिनेछ।
ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरू प्रतिको रुची तथा चाहनाहरूलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको हो।
मेला पुस २७ गतेदेखि पुस २९ गतेसम्म उपत्यका बाहिर टाटा मोटर्सको शोरुम अलास्का मोर्टस बिर्तामोड, सिद्धार्थ कटेज बुटवल, सिप्रदी ट्रेडिङ बुद्ध चोक पोखरा र टाउनहल प्लानिङ विरगंज आयोजना गर्न लागिएको हो।



















