कामना सेवा विकास बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा
वि.सं.२०८० माघ १७ बुधवार ०९:२७
shares

काठमाडौं, १७ माघ । कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक समूहको ५ लाख ९ हजार ८९२ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ ।
बैंकको उक्त संस्थापक शेयर माघ २३ गतेसम्म गोप्य शिलवन्दी आवेदन पेश गरि खरिद गर्ने सक्ने बैंकले जनाएको छ । शेयरको न्यूनतम मूल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको छ ।
बोलपत्र पेश गर्दा संस्थापक तर्फ न्युनतम २ लाख कित्ताको लागि आवेदन दिनु पर्नेछ भने सो भन्दा बढीको लागि सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन पाउने छ ।
बोलपत्र आवेदन फारम प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौं रहेको छ । संस्थापक सेयरधनीहरु शेयर नकिने पछि सर्वसाधारणको लागि शेयर खुल्ला गरिएको हो ।



















