Dhulikhel Eco Banner new

‘लघुवित्तको भूमिकाबारे राज्यको स्पष्ट नीति छैन’

10.82K
shares

काठमाडौं, ६ फागुन । लघुवित्तको वित्तीय संस्थाको भूमिकाबारे राज्यसँग स्पष्ट नीति नभएको लघुवित्त बैंकर्स संघका पूर्व अध्यक्ष तथा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका सीईओ वसन्त लम्साल बताउँछन् ।

शनिबारबाट शुरु भएको चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा नेपालमा लघुवित्तको अवस्था चुनौति र समाधान भन्ने विषयको अन्तिरक्रीया कार्यक्रममा लम्सालले यस्तो बताएका हुन् ।

‘वित्तीय पहुँच तथा आर्थिक विकासको लागि लघुवित्त वित्तीय संस्थाको भूमिकाबारे राज्यको स्पष्ट नीति नहुनु पनि समस्या हो’, लम्सालले भने, ‘सन् २००६ मा अन्तिम पटक लघुवित्त नीति जारी भएको थियो, त्यस यता तेस्तो नीति केही भएको छैन ।’

संसदमा पनि लघुवित्तको विषयमा कुरा उठ्ने गरेको तर नीति भने नबनाएकोमा लम्सालले आपत्ती जनाएका छन् । लघुवित्तलाई सरकारले कम महवत्व दिनु पनि गलत भएको लम्सालको भनाई छ ।

त्यसको लागि प्रतिनिधिमण्डल बैठकमा औपचारीक–अनौपचारीक रुपमा लबिङ गरिएरहेको लम्सालले बताए ।