Dhulikhel Eco Banner new

सन्जिव वाग्लेको अध्यक्षतामा इमान कोशी प्रदेश गठन

8.66K
shares

काठमाडौं, ७ फागुन । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को कोशी प्रदेश कमिटि गठन भएको छ । नीति सञ्चार डटकमका सञ्चालक सन्जिव वाग्लेको अध्यक्षतामा कोशी प्रदेश कमिटि गठन भएको प्रमुख निर्वाचन अधिकृत पवन अधिकारीले जानकारी दिए ।

इमानको कोशी कमिटिमा उपाध्यक्ष दर्शन दैनिकबाट चिना थाप र टिका खतिवडा रहेका छन् ।

त्यस्तै, प्रमुख सचिवमा सुरेन्द्र मण्डारी पुर्वञ्चल दैनिक डटकमबाट, कोषाध्यक्ष हिमाल दाहाल न्युजलय डटकमबाट र सह–कोषाध्यक्ष दिपक कटुवाल राष्ट्रि डेल्ली डटकमबाट सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए ।

त्योसँगै सदस्यहरुमा योगेश बाबु काफ्ले कोशि पत्र दैनिक, हिम चापाचाई पालिका पेज, सोमराज मेहेता सुनसरी अनलाईन, होम बहादुर बस्नेत, दमन राई, मदन गौतम र गणेश सांपाङ निर्वाचित भएको अधिकारीले बताए ।

निर्वाचन पश्चात इमानका कोशी अध्यक्ष वाग्लेले इमानको सदस्य अझ बढाउँदै लगिने बताए । आर्थिक पत्रकारलाई कसरी समेटिने भन्ने छलफल गरेर काम गर्ने वाग्लेले बताए ।

प्रदेश तहमा रहेका व्यवसायीलाई पनि सेमटेर उनीहरुको कुरालाई पनि समेटेर लग्ने अध्यक्षको भनाई छ । पहिलो बैठक बसेर के कसरी काम गर्ने सकिन्छ भन्ने छलफल गरेर काम गर्ने वाग्लेले बताए ।

इमानले पहिलो वर्ष पुरा गरेर दोस्रो वर्षमा प्रवेस गरेको छ ।