Dhulikhel Eco Banner new

सोमबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

4.98K
shares

काठमाडौं, १४ फागुन । आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको छ ।

आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँमा कारोबार र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा खरिदबिक्री भइरहेकोे छ । आइतबार चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।