युनाइटेड मोदी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद शेयर ल्याउने
वि.सं.२०८० फागुन १४ सोमवार १२:१५
shares

काठमाडौं, १४ फागुन । युनाइटेड मोदी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद शेयर ल्याउने भएको छ । कम्पनी सञ्चालक समितिको आइतबार (फागुन १३ गते) बसेको बैठकले हकप्रद शेयर ल्याउने प्रस्ताव गरेको हो ।
कम्पनीको १० औँ वार्षिक साधारणसभा समेत आह्वान गरेको छ । उक्त सभाले हकप्रद शेयर निष्काशन गर्ने प्रताव पारित गर्ने कमपनीले जनाएको छ ।
सभा काठमाडौंको कालीमाटीस्थित कालीमाटी ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभाले चुक्तापुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर ल्याउने विशेष प्रस्ताव पारित गर्नेछ । यो कम्पनी ल्याउन विद्युत नियम आयोगले गत माघ २२ गते सहमति प्रदान गरेको थियो ।
हकप्रद बिक्रीबाट उठेको रकम कम्पनीले युनाइटेड मेवा खोला हाइड्रोपावरद्वारा प्रवर्द्धिधत मेवा खोला जलविद्युत आयोजना (५० मेगावाट)मा लगानी गर्नेछ । हकप्रद बिक्रीपछि कम्पनी अधिकृत तथा जारी पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।
हकप्रद शेयर जारी गर्न नियमनकारी निकायहरुमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।
सभाले चारजना सञ्चालकको निर्वाचन पनि गर्नेछ । अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नुपरेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाले अनुमोदन गर्नेछ ।
सभाले कम्पनीको आर्थिक वर्ष २०७९÷८० वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थको मतलब चैत ७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन् ।



















