Dhulikhel Eco Banner new

‘बैंकहरुको पहुँच ग्रासरुटमा धेरै कम पुगेको छ’

13K
shares

काठमाडौं,  १४ फागुन । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकको पहुँच ग्रासरुटमा धेरै कम पुगेको बताएका छन् । नेपाल बैंकर्स संघले आयोजना गरेको ‘बैंकिङ् क्षेत्रको समस्या र आगामी बाटो’ नामक अन्तरक्रीमा बोल्दै गर्भनर अधिकारीले यस्तो बताएका हुन् ।

‘बैंकहरुको पहुँच ग्रासरुटमा धेरै कम पुगेको छ’, अधिकारीले भने, ‘हेरौन हामीले जम्मा क, ख र ग वर्गको बैंकको ग्रहाक संख्या जम्मा १९ लाख पनि पुगेको छैन ।’

साना पसलले सहकारीमै बचत गर्ने र उनीहरुले त्यहीबाट ऋण लिने गरेको अधिकारीको भनाई छ । साना व्यवसायीले सहकारीबाट मात्र ऋण लिने गरेकाले बैंक त्यस्ता क्षेत्रमा पनि पुग्नुपर्ने गर्भनर अधिकारीको भनाई छ ।

सानो तिनो बैंकको सेटलमेन्ट पनि धेरै ग्राहकले सहकारीबाट गर्ने गरेको र सहकारीमा समस्या आएकाले त्यसको असर बैंकमा पनि परेको अधिकारीको भनाई छ । सहकारीको समस्या त्यति धेरै ठूला नभएको अधिकारीको भनाई छ ।

‘मैले राख्नुपर्ने ठाउँमा सहकारीको समस्या समाधानको बारेमा कसरी काम गर्ने भनेर राखिसकेको छु’, अधिकारीले भने, ‘साना १० प्रतिशतको सेटलमेन्ट गर्ने हो भने अन्य बचकर्ताहरु आफै चुप लाग्न सक्छन् ।’

बजेटमा आएको सहकारीलाई नियमन गर्ने राम्रोसँग चलिरहेका सहकारीलाई थप व्यवस्थित गर्दै लग्नुपर्ने अधिकारीको भनाई छ । यहि नियमन गर्ने सकिएमा अहिले देखिएको समस्या आफै समाधान हुँदै जाने अधिकारी बताउँछन् ।

बैंकिङ स्टम पारदर्शी भएकाले गर्दा खराब कर्जा बढ्नु भनेको अहिलेको यतार्थ बाहिर आएको अधिकारी बताउँछन् ।