Dhulikhel Eco Banner new

‘लघुवित्तले भेदभावपूर्ण र अमर्यादित व्यवहार गरे राष्ट्र बैंकमा उजुरी गर्नू’

9.1K
shares

काठमाडौं, १५ फागुन । लघुवित्त संस्थाहरुले भेदभावपूर्ण र अमर्यादित व्यवहार गरेरमा राष्ट्र बैंकमा उजुरी गर्ने नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले आग्रह गरेको छ ।

मंगलबार महाशाखाले एक वित्तीय चेतनाका लागि भन्दै एक पोस्टर सार्वजनिक गर्दै लघुवित्त सम्बन्धि कुनै गुनासो भए राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो गर्न आग्रह गरेको छ ।

बैंकले गुनासो सुनुवाइ डेक्क साथै टाल फ्री नमबर १८०१५००००२२ र अनलाईन पोटलमा उजुरी गर्ने आग्रह गरेको छ । बैंलले लघुवित्तले पालना गर्नुपर्ने नियमको बारेमा पनि जानकरी दिएको छ ।

जसमा सामुहिक जमानीमा ५ लाखसम्म मात्र कर्जा दिन पाउने, विगत २ वर्षदेखि असल वर्गका ग्राहकलाई मात्र ७ लाख सम्म कर्जा दिन पाउने, ब्याज १५ प्रतिशत मात्र लिन पाईने र कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत हुनेगरी बचतमा ब्याज दिनुपर्ने राष्ट्र बैंकले भनेको छ ।

त्यस्तै, ललित, मुक्त कमैया, वादी हलिया, द्धन्द्धपीडित, एकल महिला, अपाङ्ग तथा जेष्ठ नागरिकको नाममा कर्जा प्रवाह गर्दा १ प्रतिशत विन्दुले सहिुलिय प्रदान गर्नुपर्ने राष्ट्र बैंकले भनेको छ ।

साथै, कर्जाको १.५ प्रतिशत भन्दा बढी सेवा वा अनय शूल्क लिन नपाईने र एक वर्षभन्दा कमका कर्जामा वार्षिक १.५० प्रतिशत भन्दा बढी दामासाहसले मात्र सेवा शुल्क लिन पाउने राष्ट्र बैंकले जानकारी गराएको छ ।