Dhulikhel Eco Banner new

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ती वितरण

3.98K
shares

काठमाडौं, २४ फागुन । महालक्ष्मी विकास बैंकले श्रि त्रिनगर माध्यामिक विद्यालय धनगढी, केलालीमा अध्यनरत छात्रा हिरा कुमारी जोशीलाई कक्षा दश अध्यनका लागि स्वर्गीय नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।

विभिन्न ७ वटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व. नबराज बहादुर सिंहको स्मृतिमा स्थापित नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती दिदै आएको छ ।

बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनिल कुमार नेपालले छात्रा हिरा कुमारी जोशीलाई हस्तान्तरण उक्त छात्रवृत्ती दिएका हुन् ।

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यनमा सहयोग पु¥याउने उद्देश्यले रु.पचास हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ ।