Dhulikhel Eco Banner new

अमेरिकामा रहेका नेपालीको अधिकारका लागि सक्रिय भट्टराई र पाण्डे सम्मानित

14.6K
shares

काठमाडौं । अमेरिकामा रहेका नेपालीहरुको अधिकारका लागि सक्रिय केशव भट्टराई र साजन पाण्डे सम्मानित भएका छन् । अमेरिकामा नेपालीहरुको हकअधिकारका लागि सक्रिय केशव भट्टराई र साजन पाण्डेलाई अमेरिका स्थित अधिकार नेपालले सम्मान गरेको हो ।

टेम्प्रोररी प्रोटेक्टर स्टाटस (टिपिएस) को निरन्तरताका लागि भट्टराई र पाण्डेले अमेरिकामा कानूनी लडाइ लड्दै आएका थिए । सन् २०१५ मा नेपालमा गएको भूकम्पपछि तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पालामा नेपालीलाई टिपिएस सुविधा दिन सुरु गरिएको थियो ।

सन् २०१६ मा डोनाल्ट ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए पछि अवस्था फरक रह्यो । ट्रम्प प्रशासनले नेपाल जस्ता केही मुलुकलाई टिपिएस दिनु हुँदैन भन्यो । ‘ अरु देशले २०औँ वर्षदेखि यहीँ स्टाटस लिएर बसिरहेका छन्’ भट्टराई भन्छन्, ‘हामी नेपाली र नेपाल जस्ता मुलुकहरुलाई डोमिनेट गर्ने काम भएको थियो, एशियाको मुलुकले पाएको यो अवसर गुमाउनु हुँदैन भन्ने लागेर हामीले कानूनी लडाइ लड्न सुरु गर्यौ ।’

भट्टराई र पाण्डेहरुको अगुवाईमै नेपालीलाई टिपिएस सुविधाका लागि क्यालिफोर्निया अदालतमा मुद्दा दायर गरिएको थियो । अदालतले टिपिएस टर्मिनेट गर्नु हुँदैन भनेर टङम्प सरकारका नाममा स्टे अर्डर दिएको थियो । ट्रम्प पछि सन् २०२० मा बाइडेन सरकार आएपछि भने निरन्तरता दिइएको छ ।

मुद्दा भने अदालतमा जारी रहेका बेला अमेरिकी सरकारले अरु देशको जस्तै हुन्छ भनेर मुद्दा अघि नबढाउनु भने पछि अहिले मुद्दा फिर्ता लिइएको छ । भट्टराईका अनुसार अमेरिकामा नेपालीलाई टिपिएस सुविधा सन् २०२५ को जुनसम्म एक्सटेन्सन गरिदिएको छ ।

भट्टराई र पाण्डेको यो कानूनी लडाइले अमेरिकामा रहेका १४ हजार ५ सय नेपाली लाभान्वित भएका छन् ।