Dhulikhel Eco Banner new

सप्तरीमा आगलागीबाट ३० लाखको क्षति

4.21K
shares

सप्तरी, ३ चैत । सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आज भएको आगलागीबाट ३० लाख भन्दा बढीको क्षति भएको छ।

आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चारवटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका कपडासहित ३० लाख बराबरको क्षति भएको टेलर्स सञ्चालक रोहितकुमार साहले जानकारी दिए।

आगलागीको कारण खुलेको छैन।

स्थानीयवासी, प्रहरी र राजविराजबाट आएका वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।