Dhulikhel Eco Banner new

जीवन विकास लघुवित्तको केन्द्र प्रमुख गोष्ठी र वित्तीय साक्षरता सम्पन्न

4.24K
shares

बिराटनगर, ११ चैत । जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय उर्लाबारीले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

उर्लाबारी शाखाले अयोजना गरेको कर्याक्रममा प्रदेश सभा सदस्य उमाकान्त गौतमको प्रमुख आतित्यथा र लघुवित्तका विभागीय प्रमुख सुदिप कुमार मण्डलको सभापतीत्वमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको अवसरमा वित्तीय संस्थाले जम्मा ५ वटा विधामा ५ वटा केन्द्र र १० जना सदस्यलाई पुरस्कृत गरेको लघुवित्तका मोरङ जिल्ला प्रमुख सन्तोश काकीले जानकारी दिए ।

‘पुरस्कृत हुनेमा ५ वटा केन्द्र , ३ जना उत्कृष्ट उद्यमी सदस्य, ३ जना उत्कृष्ट वचतकर्ता सदस्य, ३ जना उत्कृस्ट ऋणी सदस्य र १ जना उत्कृष्ठ अधिकृत टेलर सदस्य हुन्’, मोरङ प्रमुख कार्कीले भने, ‘हामी(लघुवित्त)ले स्थानीय अतिविपन्न ५ परिवारका ७ जना विद्यार्थीहरूलाई वर्षभरि निःशुल्क अध्ययनको व्यवस्थासहित छात्रवृत्ति प्रदान गरेका छौँ ।’

कार्यक्रमको स्वागत मन्तब्य लघुवित्तका उर्लाबारी शाखा प्रमुख जितहांग यांगहांग राखेका थिए भने वित्तीय साक्षरता कार्यक्रम सत्रमा विभागीय प्रमुख रमेश राय ले वित्तीय साक्षरता कार्याक्रम सहजीकरण गरेको मोराङ प्रमुख कार्कीले जानकारी दिए ।

अन्तरकृया कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्न तथा जिज्ञासाको सम्बोधन लघुवित्तका विभागीय प्रमुख सुदिप कुमार मण्डलले गरेको जिल्ला प्रमुख कार्कीले बताए ।

कार्यक्रममा उर्लाबारी उप मप्रमुख मिना कूमारी खतिवडा, उर्लाबारी–३ अध्यक्ष भिष्म बुडाथोकी, उर्लाबारी–७ अध्यक्ष उर्मीला थापा र सिईओ एन्जल फाउण्डेसन उर्लाबारीका जय सिंह राजबंशी लगायतको उपस्थिति रहेको थियो ।