सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ करोबार ?
वि.सं.२०८० चैत १२ सोमवार ११:०७
4.93K
shares
shares

काठमाडौं, १२ चैत । आज सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँ करोबार भएको थियो । सोमबार प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख २६ हजार ७ सय रुपैयाँ करोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २६ हजार १ सय रुपैयाँ करोबार भएको छ ।
साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १५ सय १५ रुपैयाँले करोबार भएको छ ।



















