Dhulikhel Eco Banner new

काठमाडौंमा भएको कार्यक्रममा भारतको राष्ट्रिय गान बजाएपछि….

11.15K
shares

काठमाडौं, १७ चैत । काठमाडौंमा आज शनिबार भएको लायन्सको कार्यक्रममा भारतको राष्ट्रिय गान बजेको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नामक कार्यक्रममा भारतको राष्ट्रिय गान बजेको हो ।

उक्त कार्यक्रममा कार्यक्रम सञ्चालले सहभागि सबैलाई ३ मिनेटका लागि उठ्न आग्रह गर्दै भन्छन् ‘हामी हाम्रो प्रमुख अतिथिको देशको राष्ट्रिय गाना बजाउछौँ अनि हाम्रो देशको राष्ट्रि गाना’ त्यसपछि भातरतको राष्ट्रिय गाना बज्छ । जसमा सबैले उठिरहेका हुन्छन् ।

भारतको राष्ट्रिय गाना बजिसकेपछि नेपालको राष्ट्रि गाना बज्छ । अनि कार्यक्रम सुरु हुन्छ । उक्त कार्यक्रम राष्ट्रि सभा गृहमा भएको थियो ।