Dhulikhel Eco Banner new

धितोपत्र बोर्ड अध्यक्षका लागि १ नम्बरमा सर्टलिस्ट भए नेप्सेका सीईओ, अरु को–को परे ?

5.5K
shares

काठमाडौं, २६ चैत । पुँजी बजार क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पहिलो नम्बरमा कृष्णबहादुर कार्की सर्टलिस्ट भएका छन् । बोर्ड अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत रहेका कार्कीसहित ५ जनाको नाम सर्टलिस्ट गरेको हो ।

सर्टलिस्टमा चिरञ्जीवी चापागाईं, नबराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ रहेका छन् । अब उनीहरुलाई प्रस्तुति र अन्तरवार्ताका लागि बोलाउने समितिको तयारी छ । प्रस्तुति र अन्तरवार्ताका आधारमा अब ३ जना छनोट हुनेछन् भने २ जना बाहिरिने छन् । यसरी छनोट भएका तीन जना मध्येबाट एक जनालाई नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले बोर्डको नयाँ अध्यक्षका रुपमा नियुक्त गर्नेछ ।

सरकारले अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो ।