Dhulikhel Eco Banner new

वैशाख नलाग्दै सुनको भाउ आकासियो, बिवाह गर्ने तयारीमा रहेकालाई चिन्ता

5.56K
shares

काठमाडौं, २६ चैत । अहिले सामाजिक सञ्जालमा युवाहरुबीच सुनको भाउका विषयमा राम्रै बहस हुने गरेका छन् । बिवाह भइसकेका अग्रजले बिवाह हुन बाँकी रहेकलाई कहिले गर्ने हो बिवाह सुनको भाउँले डाडा काटिसक्यो भन्ने गरेको देखिन्छ । यो विषय सामाजिक सञ्जालको चर्चाको विषयमात्रै नभएर अहिले बिवाहको तयारीमा जुटेकालाई तनाब दिने विषय समेत हो ।

पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्यले सोमबार नयाँ उचाई कायम गरेको छ । अर्थात सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ प्रतितोला ६०० सय रुपैयाँले बढेर १ लाख ३६ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।

आइतबार छापावाल सुन तोलाको १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १६ सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १६ सय ७० रुपैयाँ थियो । प