Dhulikhel Eco Banner new

चेम्बर अध्यक्षमा अग्रवाल निर्वाचित, मल्होत्रा बने वरिष्ठ

12.95K
shares

काठमाडौं, २७ चैत । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेस अग्रवाल निर्वाचित भएका छन् । मंगलबार काठमाडौंमा सम्पन्न चेम्बरको अधिवेशनबाट अग्रवाल सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

चेम्बरका पूर्व अध्यक्ष राजेशकमाजी श्रेष्ठका अनुसार सबै पदहरुमा सहमति भएको छ । केही अग्रवाल यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए । अग्रवाल अध्यक्ष निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्षमा दिपक मल्होत्रा निर्वाचित भएका छन् ।

उपाध्यक्षहरुमा उर्मिला श्रेष्ठ, दिपक श्रेष्ठ, सन्तोष पाण्डे, सुरेन्द्रकुमार श्रेष्ठ र निलकण्ठ चौलागाईं सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । अर्जुन प्रसाद शर्मा मानार्थ उपाध्यक्षमा चयन भएका छन् ।