Dhulikhel Eco Banner new

सर्वोत्तम सिमेन्टले ९ महिनामा कमायो १२ करोड, इपिएसमा पनि सुधार

5.21K
shares

काठमाडौं, २४ वैशाख । सर्वोत्तम सिमेन्ट लिमिटेडले ९ महिनामा १२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । सर्वोत्तमको खुद नाफा ३२.०३ प्रतिशतले बढेर चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १२ करोड ७ लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चैत मसान्तसम्ममा कम्पनीले ४ अर्ब ५५ करोड ९० लाख ९९ हजार रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५।१६ प्रतिशत बढी हो। गत आर्थिक वर्ष कम्पनीले ३ अर्ब ६४ करोड २६ लाख ४७ हजार रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।

कम्पनीको कुल खर्च ४।७६ प्रतिशत बढेर ५२ करोड २८ लाख ६४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा कम्पनीले ४९ करोड ९० लाख ८५ हजार रुपैयाँ कुल खर्च भएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ७४०।१६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षमा कम्पनीको आम्दानी ३ करोड ८ लाख ३४ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा ३६ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा ४ अर्ब ९० करोड ४९ लाख रुपैयाँ रहेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४६ पैसा बढेर ३ रुपैयाँ ४६ पैसा पुगेको छ।