Dhulikhel Eco Banner new

सिटिजन्स बैंकको सञ्चालकमा शर्मा

8.1K
shares

काठमाडौं, २६ वैशाख । सिटिजन्स बैंक इन्टरनेसनलकाे सञ्चालकमा इला शर्मा नियुक्त भएकी छिन् । सर्वसाधारण समूहबाट शर्मा बैंक सञ्चालक चयन भएकी हुन् ।  सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालकमा इला शर्मा नियुक्त भएकी छिन् । सर्वसाधारण समूहबाट शर्मा बैंक सञ्चालक चयन भएकी हुन् ।

उनले त्रिभुवन विश्वविधालयबाट एलएलएम, सार्वजनिक अन्तराष्ट्रिय कानुन अधिकार र मानव अधिकार बिषयमा एलएलएम युनिभर्सिटी अफ हल युकेइन इन्टरनेशनल बिजनेस लबाट अन्तराष्ट्रिय व्यापार र विकास अध्ययन, कानुन लगाएतको क्षेत्रमा काम गर्दै आएकी थिइन् ।उनि निर्वाचन आयोगकि आयुत्तसमेत थिइन् । शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुन मस्यौदा तथा राजनितिक सम्बन्ध समितिको अध्यक्षता गरेकी थिइन् ।

उनले विश्वविधालय स्कुल अफ ल र ओस्लो विश्वविधालयको नर्वेजियन सेन्टर फर हयुमन राइट्ससँगको सहकार्यमा नेपालको निर्वाचन आयोगले प्रदान गरेको एकेडेमिक मास्टर्स कोर्सको डिजाइन र अध्यापनमा महत्वपुर्ण भुमिका निर्वाह गरेकी छिन् । यस्तै उनले उधोग वाणिज्य तथा आपुर्ति मन्त्रालय र युएनडीपी परियोजनका लागी राष्ट्रिय परामर्शदाताको रुपमा काम गरेकी थिइन् ।

यस्तै आईएनजीओको अन्तराष्ट्रिय वकालत नेटवर्कमा संलग्न शर्माले संयुक्त राष्ट्रसंघ मानव अधिकार, अन्तराष्ट्रिय व्यापार र बिकासका मुदामा रणनिति र कार्ययोजनामा रहेर कामको अनुभव संगालेकी छन् । फुड फस्र्ट इन्फर्मेसन एक्शन नेटवक फियाने नेपालको कार्यकारी समितिमा संस्थापक उपाध्यक्ष र साउथ एसियन वमन इन मिडियाको कार्यकारी समितिको साथै साउथ एसिया वाचको कार्यकारी समितिको बोर्डमा पनि काम गरेसकेकी छन् । व्यापार, अर्थशास्त्र र वातावरण क्षेत्रमा उनले एक दशकभन्दा बढी योगदान दिएकी छन् ।