Dhulikhel Eco Banner new

नेपाल राष्ट्र बैंकले गर्यो घरजग्गा कर्जामा सहजिकरण

6.18K
shares

काठमाडौं, ४ जेठ । नेपाल राष्ट्र बैंकले घरजग्गा खरिद गर्न सहजिकरणको व्यवस्था लागु गरेको छ। बैंकले घरजग्गा खरिद गर्न सहज व्यवस्था गदै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

साथै शुक्रबार चालु आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीतिको समीक्षा सार्वजनिक गदै जग्गा खरिदको लागि ऋण भुक्तानी आम्दानीको अनुपातमा सहज नीति लिएको छ ।

यो व्यवस्था लागु भएसगैँ ऋण लिएर घरजग्गा खरिद गर्नेहरुले आम्दानीको ७० प्रतिशतसम्म रकम बैंकको किस्ता भुक्तानीका लागि प्रयोग गर्न सक्नेछन् । यो व्यवस्था लागू गर्नु अघि आम्दानीको ५० प्रतिशत मात्रै भुक्तानी गर्न पाइने व्यवस्था थियो ।

मौद्रिक नीति समीक्षामा  ‘घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानीको अनुपातलाई सहज गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने छ,’ भनिएको छ ।