Dhulikhel Eco Banner new

सुनको मूल्य घट्यो

5.01K
shares

काठमाडौं, ८ जेठ । मंगलवार स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार दुई सयले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा मंगलवारका लागि भने एक लाख ४० हजार छ सय निर्धारण गरिएको छ ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा एक लाख ४१ हजार एक सयमा कारोबार भएकामा आजका लागि एक लाख ३९ हजार नौ सय निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा ५५ ले घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय ४० मा कारोबार भएको चाँदी मंगलवारका लागि चाँदीको मूल्य एक हजार आठ सय ८५ छ ।