Dhulikhel Eco Banner new

पाँच सयले घट्यो सुनको मुल्य

6.07K
shares

काठमाडौं, २३ जेठ । स्थानीय बजारमा बुधबार सुनको मुल्य घटेको छ । उच्च मुल्यबाट सुनको भाउ ५ सयले रुपैयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलामा १ लाख ४२ हजार २ सय रुपैया निर्धारण गरिएको छ ।

अघिल्लो दिन १ लाख ४२ हजार ७ सय रुपैया रहेको सुनको मुल्य आजका लागि १ लाख ४२ हजार २ सय रुपैया निर्धारण गरेको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाले घटेको छ । अघिल्लो दिन १ हजार ८६० रुपैँयामा रहेको चाँदीको मुल्य आजका लागि भने १ हजार ८२५ रुपैँयामा कार्यम रहेको छ ।