Dhulikhel Eco Banner new

१९ प्रतिशतले बढ्यो रेमिट्यान्स, १० महिनामा भित्रियो १२ खर्ब

5.15K
shares

काठमाडौं, २८ जेठ । रेमिट्यान्स बढ्ने क्रमले पछिल्लो १० महिनामा पनि निरन्तरता पाएको छ । चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढेको छ ।

केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार १० महिनामा ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३७४,८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २३७,८९३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४२१,२७९ र २३८,९७६ रहेको थियो ।