नागरिकको बराबर हक सुनिश्चित गर्न सरकारसँग माग
वि.सं.२०८१ असार ४ मंगलवार १३:०४
shares

काठमाडौं, ४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले मंगलबार प्रतिनिधि सभा बैठकमा शून्य समय लिएर बोल्दै विकास खर्चमा नागरिकको बराबर हक सुनिश्चित गर्न सरकारसँग माग गरेकी छिन् ।
उनले डोटी जिल्ला अस्पताल भवन निर्माण कार्य सुचारु हुनेगरी बजेटको व्यवस्था गर्न पनि सरकारलाई दबाब दिएकी छिन् । उनले सो अस्पतालमा आईसीयु र डाईलासिस सेवा तत्काल सुचारु गराउन सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
सांसद कार्कीले असार मसान्तमा आएर जथाभाबी बजेट खर्च नगर्न सरकारलाई सचेत गराएकी छिन् । कार्कीले जथाभाबी बजेट खर्च गरेर जनताको करको दुरुपयोग गर्न नहुने बताएकी छिन् ।



















