Dhulikhel Eco Banner new

दूध किसानको भुक्तानीका लागि सरकारको ध्यानाकर्षण

4.32K
shares

काठमाडौं, ५ असार । बुधबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर दूध किसानको भुक्तानीका लागि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारको ध्यानाकर्षण गरेका छन् ।

काठमाडौंमा आन्दोलन गर्ने भनेर आएका किसानहरूलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै उनले गृहमन्त्रालयको ध्यानाकर्षण गरेका हुन् । ‘दूध किसानले आजदेखि काठमाडौंमा आन्दोलन गर्न खोज्दै छन्।

अनुमति लिएर धर्ना गर्दै थिए, तर प्रहरीहरुले धरपकड गरेर ४५ भन्दा बढी किसानलाई नियन्त्रणमा लिएर कालीमाटीमा राखिएको छ । उनिहरूमाथि मर्यादित व्यवहार भएन भन्ने छ,’ बर्तौलाले भने ।

आन्दोलनरत किसानसँग वार्ता गर्न र अविलम्ब किसानहरूको भुक्तानीका लागि उनले सरकारको ध्यानाकर्षण गरेका छन् ।

६ लाख किसानको पाँचदेखि ६ अर्ब भुक्तानी बाँकी रहेको उल्लेख गर्दै उनले भने, ‘सरकारको, कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछु । दूध किसानको भुत्तानी गरियोस्,’