आज एकैदिन एक हजार नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य
वि.सं.२०८१ असार ७ शुक्रवार १२:५०
4.76K
shares
shares

काठमाडौं, ७ असार । स्थानिय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढेको छ ।
छापावाल सुन प्रति १० ग्राम भने १ लाख २४ हजार ५५ रुपैयाँमा कारोबार भएको महासंघको जनाएको हो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी २५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



















