Dhulikhel Eco Banner new

सोमबार सुनको मूल्यमा सामान्य वृद्धि

4.73K
shares

काठमाडौं, १० असार । स्थानीय बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३ सय रुपैयाँ कायम छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६ सय रुपैयाँ छ । हिजो आइतबार छापावाला सुनको मूल्य तोलामा १ लाख ४२ हजार र तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । हिजो चाँदीको मूल्य १८ सय १५ रुपैयाँ थियो। यससँगै प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।