सात सयले घट्यो सुनको मूल्य
वि.सं.२०८१ असार १२ बुधवार १२:४५
shares

काठमाडौं, १२ असार । स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।
मंगलबार छापावाला सुन तोलामा १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार तोलामा बुधबार १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
तेजाबी सुन तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार हुँदा चाँदीको पनि मूल्य घटेको छ । मंगलबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ७९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



















