Dhulikhel Eco Banner new

सूर्योदय वोमी लघुवित्तको एफपीओ निष्कासन खुल्यो

3.8K
shares

काठमाडौं, ४ साउन । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शुक्रबारदेखि एफपीओ निष्कासन खुल्ला भएको छ । कम्पनीले ४६ लाख ७२ हजार ९५४ रूपैयाँ ५० पैसा बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता सेयर निष्कासन गरेको छ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने÷गाभिनका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा लघुवित्तले एफपिओ जारी गरेको हो।

सूर्योदय वोमी लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत रहेको थियो। सोही पूँजी संरचना ऐन अनुसार कायम गर्न कम्पनीले एफपिओ जारी गरेको हो।

लगानीकर्ताले एफपिओमा साउन ८ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि साउन १८ गतेसम्म लम्बिनेछ। उक्त एफपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन सकिनेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन पर्नेछ ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयरु अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।