Dhulikhel Eco Banner new

संवैधानिक परिषदमा सिट चाहिएको भए माग्नुस् चरित्र हत्या नगर्नुस् : सुमना श्रेष्ठ

3.77K
shares

काठमाडौं, ६ साउन । रास्वपा सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानामगरको चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ति जनाएकी छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद खतिवडाले उपसभामुख रानाको लेटर प्याड प्रयोग गरेर असम्बन्धित मानिसहरूलाई अमेरिका लैजान पत्र लेखेको भन्दै त्यसको छानबिन गर्न माग गरेका थिए ।

अहिले उपसभामुखमाथि प्रश्न उठाइएको भन्दै उनले भनिन्, ‘आचरणको कुरा गर्छौं भने ल गरौं । सबै जनाको लेटरप्याडबाट के–के निस्किएको छ हेरौं र साच्चै पद्धति बनाऊँ ।’

उपसभामुखको विषयमा अनावश्यक मिडिया ट्रायल भएको उनले बताइन् । सहजै मानव तस्करीको आरोपसमेत लगाएको भन्दै उनले भनिन्, ‘यति सजिलै मानव तस्करी डिक्लियर गर्न मिल्छ । ल डिक्लियर गर्नुस् त भुटानी शरणार्थी कसले गरेको हो भनेर ?’

साँच्चै छानबिन गर्ने हो भने रास्वपा तयार रहेको उनले बताइन् । तर निरन्तर मिडिया ट्रायल गरेर एउटा भाष्य बनाउन खोजिएको भन्दै सुमनाले भनिन्, ‘एउटा मान्छेको चरित्र हत्या गर्ने, त्यो पनि संवैधानिक परिषदमाएमालेको दुईटा, माओवादीको दुईटा, रास्वपाको एउटा । अल्पमतमा पर्‍यो भनेर हो भने माग्नुस् न माग्नुस्, दिउँला ।’

उनले विधि पद्धति बनाउने कुरामा छानबिन गर्न पार्टी तयार रहेको भन्दै मिडिया ट्रायल गरेर किन चरित्र हत्या गरेको भनेर प्रश्न गरिन् । साथै उनले संवैधानिक परिषदमा अल्पमतमा परियो भनेर उपसभामुखको चरित्र हत्या गरिएको भन्दै सबैलाई विधि पद्धति बनाउन आग्रह गरिन्