Dhulikhel Eco Banner new

सौर्य एयरलाइन्स जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको शवको पोष्टमार्टमको कार्य जारी

3.99K
shares

काठमाडौं, १० साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाहरूको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।

बुधबारदेखि नै पोष्टमार्टम जारी छ । तर त्यहाँको जनशक्तिले मात्रै नभ्याउने भएकाले पाटन स्वास्थ्य विज्ञान र भक्तपुर अस्पतालका चिकित्सकहरुलाई समेत झिकाइएको छ ।

शव जलेकाले हेरेकै भरमा चिन्न गाह्रो हुने हुदा सबै शवहरुको पोस्टमार्टम गर्न कम्तिमा तीन दिन लाग्ने अस्पतालले  जानकारी दिएको छ ।