प्रतितोला २४ सय रुपैयाँले घट्यो सुनको मूल्य
वि.सं.२०८१ साउन १० बिहीवार ११:४९
3.81K
shares
shares

काठमाडौं, १० साउन । स्थानीय बजारमा बिहीबार एकैदिन प्रतितोला २४ सय रुपैयाँले सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बुधवारको तुलनामा आज एकैदिन २४ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।
हिजो सुनको कारोबार मूल्य प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ थियो । आज १ लाख ४५ हजार रुपैयाँ कायम हुँदै कारोबारमा आएको हो ।
यस्तै आज चाँदीको मूल्यमा ५५ रुपैयाँको गिरावट आएको छ । बुधवार तोलामा १८ सय ५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य आज १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।



















