Dhulikhel Eco Banner new

राधी विद्युत कम्पनीको घट्यो विद्युत बिक्री आम्दानी

3.56K
shares

काठमाडौं, ३० साउन । राधी विद्युत कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ।

विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घटेको छ। कम्पनीको खुद नाफा १७.७२ प्रतिशत घटेर ९ करोड २७ लाख भएको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ११ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्षको कम्पनीले विद्युत बिक्रीमाफर्त ९ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.१६ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी १२ करोड ८४ लाख रुपैयाँ थियो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ४४ पैसा घटेर ५ रुपैयाँ २८ पैसामा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५०.७५ गुणा रहेको छ। १ अर्ब ७५ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ।

कम्पनीको कुल नाफा २९.१७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६४.५३ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय आम्दानी पनि ३७.३२ प्रतिशत घटेको छ।