Dhulikhel Eco Banner new

राष्ट्र बैंकमा ५२ जनाको लागि जागिर खुल्यो

3.58K
shares

काठमाडौं, ३२ साउन। नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ५२ जना कर्मचारी माग गरेको छ। बैंकले शुक्रबार प्रकाशित गरेको विज्ञापनमा सहायक निर्देशकमा ३४ सहायकमा १३ र सहायक (सूचना प्रविधि)मा ५ जना कर्मचारी माग गरेको छ।

सहायक निर्देशक पदमा विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। सहायक पदको लागि शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा दश जोड दुई वा सो सरहको परिक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।

यस्तै सहायक (सूचना प्रविधि) मा शिक्षण संस्थाबाट कम्पुटर इन्जिनियरिङ लगायतका प्राविधिक विषयमा ३ वर्षे डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्नेछ। २०८१ साउन ३२ गतेदेखि विद्युतिय माध्यमबाट आवेदन पेश गर्न सकिने छ। इच्छुकले भदौ २० गतेसम्म आवेदन दिन सक्ने छन्।