Dhulikhel Eco Banner new

पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेल जेल चलान

6.2K
shares

काठमाडौं, १३ असोज । पत्रकार नवीन ढुंगाना र युवराज कँडेल जेल चलान भएका छन् । फेक अडियोलाई समाचारको रुपमा प्रशारण गरेको अभियोगमा उनीहरुलाई ३ महिना कैद सजाय र जनही ५ हजार रुपैयाँ जरिवाना गर्ने सर्वोच्च अदालतले फैसला गरेको छ ।

सर्वोच्चको फैसला पछि आइतबार नै आफूहरु काठमाडौं सुन्धारास्थित जगन्नथ देव जेल चलान भएको पत्रकार ढुंगानाले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा लेख्दै जेलबाट छुटेपछि पनि पुनः पत्रकारितामा सक्रिय हुने बताएका छन् ।

सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले फेक अडियोु बनाउने राजकुमार तिमल्सिनालाई ६ महिना र प्रकाशनरप्रसारण गर्ने सिधा कुरा अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई ३र३ महिना कैद सजाय सुनाएको हो ।

सिधा कुरा अनलाइनको हकमा ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । अनलाइनले आफैं क्षमयाचना गरेमा ५ हजार जरिवानाको सजाय मिनाहा हुने फैसलामा उल्लेख छ ।

लिखित निवेदन दिएर प्रसारित सामग्रीको विषयमा क्षमायाचना गरेमा सिधा कुराका प्रकाशक र सम्पादकलाई तोकिएको सजाय घटाएर ७ दिन कायम हुने फैसलामा उल्लेख छ । तिमल्सिनाको हकमा भने तोकिएको सजाय भुक्तान गर्नै पर्ने फैसला गरिएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुँयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेशशर्मा पौडेल र बालकृष्ण ढकाल रहेको बृहत् पूर्ण इजलासले मुद्दाको किनारा लगाएको हो ।