Dhulikhel Eco Banner new

नेपाल राष्ट्र बैंकद्धारा विभिन्न तहमा कर्मचारी माग

4.34K
shares

काठमाडौं, १८ असोज । नेपाल राष्ट्र बैंकले विभिन्न तहमा कर्मचारीको माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै  २ जना खरिद अधिकृत, ६ जना, सवारी चालक ६ जना, पीपा ७ जना, सिपाही (महिला र पुरुष) १० जना र रक्षक ५  जनाको माग गरेको हो।

त्यसमध्ये रक्षक, सिपाही र पिपाका लागि नेपाली सेनाका निवृत्त कर्मचारी अनिवार्य गरिएको छ । ड्राइभरका लागि बैंक तथा वित्तीय संस्थामा कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

छ महिना अवधिको लागि हुने उक्त करार नियुक्तिका लागि ४५ वर्ष ननाघेका व्यक्तिहरु आवद्ध हुन सक्नेछन् । नियुक्ति कर्मचारीलाई राष्ट्र बैंकको केन्द्रीय र जुनसुकै शाखा कार्यालयमा खटाउन सकिने उल्लेख गरिएको छ ।