शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ असोज २२ मंगलवार १५:३४
shares

काठमाडौं, २२ असोज । मंगलबार शेयर बजारमा भारी अंकले गिरावट आएको छ । २७.३९ अंकले गिरावट आएको शेयर बजार इष्टर्न हाइड्रोपावरको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको ८.५० प्रतिशतको दरले घटेको छ ।
यसदिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७.२४ प्रतिशतका दरले सर्वाधिक गुमाएका छन् भने नेपाल फाइनान्सका लगानीकर्ताले ६.९८ प्रतिशतका दरले सर्वाधिक गुमाएका छन् ।
त्यसैगरी बोटलर्स नेपालका लगानीकर्ताले ५.८८ प्रतिशतका दरले सर्वाधिक गुमाएका छन् भने कालिञ्चोक दर्शनका लगानीकर्ताले ५.५० प्रतिशतका दरले सर्वाधिक गुमाएका छन् ।



















