Dhulikhel Eco Banner new

बैंकको सञ्चालक भएका व्यक्ति सहकारी सञ्चालक हुन नपाउने

4.23K
shares

काठमाडौं, २३ असोज । नेपाल राष्ट्र बैंकले सहकारी संस्थालगायत अन्य एकभन्दा बढी इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक, सल्लाहकार वा कार्यकारी अधिकार प्रयोग गर्ने अन्य कुनै पदमा रहन नपाइने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै एकभन्दा बढी इजाजतपत्र प्राप्त संस्था सञ्चालक, सल्लाहकार वा कार्यकारी अधिकार प्रयोग गर्ने अन्य कुनै पदमा रहने वित्तीय संस्थाको सूचीमा बचत तथा ऋण सहकारी पनि थप गरेको हो ।

यसअघि बैंक सञ्चालक वा कार्यकारी भूमिकामा रहेकाहरू सहकारी सञ्चालक वा कर्यकारी भूमिकामा रहने कुनै प्रतिबन्ध थिएन ।