शेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम खुम्चियो
वि.सं.२०८१ असोज २३ बुधवार १५:११
shares

काठमाडौं, २३ । बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ४.८५ अंकले बढेर २,६६८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १३० कम्पनीको शेयर मूल्य बढेको भने १०२ कम्पनीको शेयर मूल्य घटेको छ र ११ कम्पनीको स्थिर रहेको छ । यसदिन कारोबार रकम खुम्चिएर ३ अर्ब ७६ करोडको कारोबार भएको हो ।
यसदिन शेयर बजारमा मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
त्यसैगरी थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले घटेको छ ।



















