Dhulikhel Eco Banner new

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

4.49K
shares

काठमाडौं,२३ असोज ।बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । ४.८५ अंकले बढेको शेयर बजारमा सबैभन्दा बढि सोलु हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

यसदिन अपर स्याङ्गे हाइड्रोपावरका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले कमाएका छन् भने राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनका लगानीकर्ताले ९.६५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताले ६.५५प्रतिशतका दरले कमाएका छन् भने पीपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६.४९ प्रतिशतका दरले कमाएका छन् ।