Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार

3.64K
shares

काठमाडौं, २३ असोज । बुधबार ३ अर्ब ७६ करोडको कारोबार भएको शेयर बजारमा नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २२ करोड १ लाख कारोबार भएको हो ।

यसदिन सानिमा बैंकको १८ करोड ९८ लाख कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको १५ करोड ७२ लाख कारोबार भएको छ ।

त्यसैगरी साहस ऊर्जाको १५ करोड २७ लाख कारोबार भएको छ भने एनएलजी इन्स्योरेन्सको ९ करोड ९१ लाख कारोबार भएको छ ।