Dhulikhel Eco Banner new

२ वटा वाणिज्य बैंक परे राष्ट्र बैंकको कारबाहीमा

4.41K
shares

काठमाडौं, ७ कात्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ वटा वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन्। नियामकीय व्यवस्था पालना नगरेकोमा दुई वाणिज्य बैंक कारबाहीमा परेको हो।

राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई बैंक खाता खोल्दा र सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकोले सचेत गराएको छ।

लकर रोक्का राख्न राष्ट्र बैंकबाट दिईएको निर्देशन पालना नगरेकाले प्रभु बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंक सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।