Dhulikhel Eco Banner new

सीजी ब्राण्डको विन्टर प्रोडक्ट्सहरु सार्वजनिक, क्रम्प्टनले जीवनलाई सहज र न्यानो बनाउँदै

3.98K
shares

काठमाडौं, १२ मंसिर । नेपालका उपभोक्ताका लागि उत्कृष्ट उत्पादनहरू ल्याउने प्रतिबद्धता अनुरूप, सिजी इलेक्ट्रोनिक्सले जाडो मौसमलाई लक्षित गर्दै आफ्नो नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक गरेको छ ।

सीजीले हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वासिङ्ग मेसिन, ए.सि. इत्यादि प्रोडक्टहरु बजारमा सर्वत्र उपलब्ध गराएको हो । जाडोयाम उत्पादनहरूमा रूम हिटर, गीजर र वॉटर हीटर रहेको कम्पनीले जनाएको छ।

तातो पानी पिउन सि.जि र सि.जि मेरिडियाको वाटर डिस्पेन्सर अनि वाटर हिटर छ भने पानी तातो राख्नलाई थर्मस तथा भ्याकुम फ्ल्याक्स पनि उपलब्ध गराएको छ । त्यसैगरि ओइल रेडिएटर हिटर, इलेक्ट्रिक हिटर अनि हिटर फ्यानको प्रयोग गरि जाडोमा पनि तातो रहन सहज बनेको कम्पनीले जनाएको छ ।

साथै, मोटरमा १० वर्षको वारेन्टि भएको सि।जिको वासिङ मेसिनले पनि जाडोमा लुगा धुन, अनि धोएको कपडा छिटै सुकाउन मद्दत पुर्याउने जनाइएको छ । सि.जिले आफना विन्टर प्रोडक्ट्सहरु वाटर डिस्पेन्सर, थर्मस, केटल, इलेक्ट्रिक अनि ग्याँस गिजर, रेडिएटर हिटर र ह्यालोजेन हिटरमा १२ महिनाको वारेन्टि दिँदै आएको छ ।

 

 

 

 

 

गीजर र वॉटर हीटर :

विभिन्न प्रकारका गीजर र वॉटर हीटर उपलब्ध रहेको कम्पनीले जनाएको छ, २५ लिटर क्षमता को Solarium Qube loT गुगल भोइस असिस्टेन्ट र एलेक्सा भोइस असिस्टेन्ट जस्ता फिचर सहित बजारमा उपलब्ध गराएको छ, त्यस्तै २५ लिटर र १५ लिटर क्षमताको Solarium Evo, २५ लिटर र १५ लिटर क्षमताकै Solarium Qube, १५ लिटर क्षमताकै Solarium Qube Plus रहेका छन्।

५० लिटर, २५ लिटर ,१५ लिटर र १० लिटर    क्षमताको इलेक्ट्रिक गिजर Arno Neo ,२५ र १५ लिटर लिटर क्षमतको इलेक्ट्रिक गिजर Acenza, ५ लिटर ३ लिटर  र १ लिटर क्षमताको Rapid Jet नेपाली बजारमा उच्च माग रहेको र नेपाली ग्राहकहरुलाई न्यानो प्रदान गरिरहेको कम्पनिले जनाएको छ।

१५०० वाट र १००० वाटका इमर्सन रड पनि उपलब्ध गराएको छ। यी इमर्सन रडहरू तातो पानीको तत्काल आवश्यकता पूरा गर्न ऊर्जा-कुशल र उपयोग गर्न सजिलो छन्। यस्ता सुविधाहरूले गर्दा क्रम्प्टनका उत्पादनहरूले उपभोक्ताहरूको दैनिकीलाई सहज, सुरक्षित र भरपर्दो बनाइरहेका छन्।

क्रम्प्टनका सबै उत्पादनहरू ऊर्जा खपत कम गर्ने प्रविधिले निर्माण गरिएका छन्, जसले शक्ति-कुशलताका साथ जाडोयाममा उत्कृष्ट कार्यसम्पादन सुनिश्चित गर्दछ।

यी उत्पादनहरू स्टाइलिस डिजाइनमा उपलब्ध छन्, जसले आधुनिक घरको सौन्दर्यसँग मेल खाने र आकर्षक देखिने सुनिश्चित गर्छ। साथै, क्रम्प्टनले गुणस्तर प्रमाणित सामग्रीको प्रयोग गरेर हरेक उत्पादनलाई सुरक्षित र भरपर्दो बनाएको छ, जसले ग्राहकहरूलाई ढुक्कका साथ प्रयोग गर्न प्रेरित गर्दछ।

सिजी इलेक्ट्रोनिक्सका अनुसार जाडोयाममा रूम हिटर र गीजर जस्ता उत्पादनहरूको माग उच्च छ। यी उत्पादनहरूले जाडोयामको कठोरतालाई सहज र जीवनलाई न्यानो बनाउन मद्दत पुर्‍याइरहेका छन्।