Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.41K
shares

काठमाडौं, २५ मंसिर । मंगलबार शेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । शेयर बजार ६.३२ अंकले घटेर २,६६९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन कारोबार रकम पनि घटेर ४ अर्ब ४१ करोडको कारोबार भएको हो ।

राताम्य भएको शेयर बजारमा एनआरएन पूर्वाधारका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९० प्रतिशतको दरले गुमाएका छन् ।

यसदिन लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ताले ३.५९ प्रतिशतका दरले गुमाएका छन् भने एनआइबिएल ग्रोथ फण्डका लगानीकर्ताले ३.३९ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी आरबिबि म्युचुअल फण्डका लगानीकर्ताले २.९४ प्रतिशतका दरले गुमाएका छन् भने सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले २.८४ प्रतिशतका दरले गुमाएका छन् ।