Dhulikhel Eco Banner new

सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन विष्णुलाई एकस्ट्रोकको अग्रता

3.55K
shares

काठमाडौं, २६ मंसिर । सूर्य नेपाल गल्फ टुर २०२४/२५अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनकोदोस्रो दिन विष्णु प्रसाद शर्मा एक स्ट्रोकको अग्रता सहितशीर्षस्थानमा उक्लिएका छन। रोयल नेपाल गल्फ क्लबमाआज ४-अन्डर ६४ सहित समग्रमा ७-अन्डर १२९ को उत्कृष्टनतिजामा विष्णुले डिफेन्डिङ च्याम्पियन निरज तामाङलाईएक स्ट्रोकले पछि पारेका हुन् ।

३(अन्डर ६५ स्कोर गरेका निरजसमग्रमा ६(अन्डर १३० सहित दोस्रो स्थानमा रहेका छन। एमेच्योर सदभाव आचार्यले ३-अन्डर ६५ को कार्ड तयारपार्दा समग्रमा ५-अन्डर १३१ सहित तेस्रो स्थानमा उक्लिएका जनाएका छन् । दिनेश प्रजापतिले दिनकै उत्कृष्ट स्कोर कार्ड बनाए। उनले ५-अन्डर ६३ को स्कोर जोड्दा समग्रमा ४-अन्डर १३२ सहित चौथो स्थानमा उक्लिएको जनाएको छ ।

पहिलो दिनका लिडर जयराम श्रेष्ठले २-ओभर ७० कोखराब प्रदर्शन गर्दा समग्रमा २-अन्डर १३४ सहित पाँचौंस्थानमा तल झरेका छन। एमेच्योर राहुल विके र भेट्रान प्रोदीपक मगर समग्रमा १-अन्डर १३५ सहित संयुक्तरुपमा छैटौंस्थानमा रहेका छन। राहुलले ३-अन्डर ६५ र दीपकले १-अन्डर ६७ स्कोर गरे।

समग्रमा १-ओभर १३७ सहित धन बहादुर थापा र नेपालनम्बर एक प्रो भुवन नगरकोटीले संयुक्तरुपमा आठौं स्थानबाँडे। धनले ४-अन्डर ६४ र भुवनले ३-अन्डर ६५ मा दोस्रोदिनको खेल सकाए। यसैगरी रवि खड्का र प्रदीप कुमारलामा समग्रमा २-ओभर १३८ सहित संयुक्तरुपमा १०औंस्थानमा रहे। रविले इभन-पार ६८ र प्रदीपले २-ओभर ७० मा खेल सकाए।

शीर्षस्थानमा उक्लने क्रममा विष्णुले सानदार प्रदर्शन गर्दैफ्रन्ट नाइनमा ५(अन्डर २९ को स्कोर बनाए। उनले पहिलो, दोस्रो र सातौं होलमा बर्डी प्रहार गर्दा ५-पारको चौथो होलमाइगलको सफलता प्राप्त गरे। यसपछि १०औं होलको बोगीलेब्याक नाइन १-ओभर ३५ मा सकाएको जनाएको छ ।

डिफेन्डिङ च्याम्पियन निरजले पहिलो होलमा इगल प्रहारगर्दै दिनको सुरूवात गरे। दोस्रो र छैटौं होलमा एक-एक सटखेर फाले। पाँचौं होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा पुरा गरे। यसपछि १०औं होलमा बोगीको सामना गरे। १३औंहोलमा इगल प्रहार गर्दा १७औं होलमा एक सट बचाए।उनले ब्याक नाइन २-अन्डर ३२ मा पुरा गरेको जनाएको छ ।

नेपाल नम्बर एक एमेच्योर गल्फर सदभावले फ्रन्ट नाइन २-अन्डर ३२ र ब्याक नाइन १-अन्डर ३३ मा सकाए। उनलेपहिलो, चौथो, पाँचौं, आठौं र सत्रौं होलमा गरी कुल ५ बर्डीप्रहार गरेको जनाएको छ। दोस्रो र सातौं होलमा एक-एक सट खेर फाले।यो स्कोर‌मा सदभाव एमेच्योरतर्फ शीर्षस्थानमा रहेका छन।‌ उनले राहुल विकेलाई चार स्ट्रोकले पछि पारेका छन।

दिनको उत्कृष्ट स्कोर कार्ड निकाल्ने क्रममा दिनेशले बोगीरहित खेले। फ्रन्ट नाइनमा ४-अन्डर ३० र ब्याक नाइनमा १-अन्डर ३३ को स्कोर निकाले। पहिलो, दोस्रो, चौथो, आठौं र दशौं होलमा बर्डीको सफलता प्राप्त गरे।

३८ होलको समाप्तीमा १३-ओभर १४९ सम्म स्कोर गर्ने २२ प्रोर ६ एमेच्योर गल्फरले कट बनाएका छन। प्रोतर्फ रामे मगर, वसन्त राज गुरूङ, तोरण विक्रम शाही, रमेश अधिकारी, सञ्जय लामा, राजेन्द्र श्रेष्ठ प्रधान, किशन कालीराज सुनार, बलभद्र राई, भुवन कुमार रोक्का, टंक बहादुर कार्की, सूर्यप्रसाद शर्मा, शिवराम पौडेल र भीमसेन चौलागाईले कटबनाए। एमेच्योरतर्फ बलराम पौडेल, कवि थापा, हरि बहादुरथापा र ज्ञान बहादुर ढेंगेले अन्तिम ३६ होलको लागि स्थान बनाएका छन।

कुल ७ लाख ३५ हजार नगद पुरस्कार राशीको लागिप्रतिस्पर्धा गरिरहेका छन। विजेताले उपाधिसँगै १ लाख ५०हजार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन।