नेपाल इन्फ्रान्सट्रक्चर बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८१ मंसिर २७ बिहीवार १३:२८
shares

काठमाडौं, २७ मंसिर । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ।
बैंकले संस्थापक समूहको ९८ हजार कित्ता शेयर बिक्रीमा राखेको हो। बैंकले बैंककै अन्य संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको बानेश्वरस्थित निफ्राको रजिष्टर्ड कार्यालयमा रहेको कानून विभागमा लिखित निवेदन दिनु पर्नेछ।
तोकिएको म्यादभित्र संस्थापकबाट पर्याप्त आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ।



















