शेयर बजारमा सामान्य अंकले गिरावट, घट्यो कारोबार रकम
वि.सं.२०८१ पुस ३ बुधवार १५:०६
shares

काठमाडौं, ३ पुस । बुधबार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ५.६० अंकले घटेर २,६२८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८१ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि घटेर ४ अर्ब २७ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा उपकार लघुवित्त र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन कुथेली बुखारी स्मल हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९० प्रतिशतको दरले गुमाएका छन् ।



















