शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८१ पुस ३ बुधवार १५:१२
shares

काठमाडौं, ३ पुस । बुधबार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ५.६० अंकले घटेर २,६२८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८१ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि घटेर ४ अर्ब २७ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा उपकार लघुवित्त र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन मानुषी लघुवित्तका लगानीकर्ताले ८.२३ प्रतिशतका दरले कमाएका छन् भने सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ८.११ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी चिर्ख्वा जलविद्युतका लगानीकर्ताले ७.६५ प्रतिशतका दरले कमाएका छन् ।



















