Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.93K
shares

काठमाडौं, ३ पुस । बुधबार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ५.६० अंकले घटेर २,६२८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८१ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि घटेर ४ अर्ब २७ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा कुथेली बुखारी स्मल हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९० प्रतिशतको दरले गुमाएका छन् ।

यसदिन डोल्टी पावरका लगानीकर्ताले ५.३३ प्रतिशतका दरले गुमाएका छन् भने नबिल ब्यालेन्स फण्डका लगानीकर्ताले ४.०७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी छ्याङ्दी हाइड्रोपावरका लगानकिर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् भने एनएमबि ५० का लगानीकर्ताले ३.६४ प्रतिशतका दरले गुमाएका छन् ।